कात्तिक । दोलखाको शैलुङगेश्वर गाविस वडा ४ मा सुरु भएको ‘झोर खोला मझौला सिंचाई आयोजना’ मा कुनै काम नगरि आयोजना सम्पन्न भएको कागज बनाई ‘ढाडे सल्लेरी ३’ आयोजना बनाउन आयोजनाको मुहान दिईएको छ ।
१५ लाखमा सम्पन्न हुन लागेको उक्त आयोजना ६ वर्ष अघि काम सुरु भएको थियो । आयोजनाका अध्यक्ष हरि कोइराला, कोषाध्यक्ष मानबहादुर तामाङ, सचिव मानबहादुर थपलियाले आयोजनामा कुनै काम नगराई सरकारी कर्मचारी संग मिलेर आयोजना सम्पन्न भएको कागज पास गरेको स्थानीय बासिन्दाले बताएका छन् । जिविसबाट शुरुमा पाँच लाख र दोस्रो पटक १० लाख सहित १५ लाख रुपियाँ बुझिसकेका छन् ।
उक्त आयोजनामा अनुमानीत साढें ४ लाखको पाईप खरिद गरेर अरु रकम तीन जनाले घोटाला गरेको स्थानीयको आरोप छ । समाचार स्रोतका अनुसार आयोजना सुरु हुनु लगत्तै पाईप लाइननै तयार नभई आवश्यक पर्ने ७ देखी ८ किलोमिटर पाईपमा ८ सय २० मिटर मात्र पाईप खरिद गरिएको थियो । राष्ट्रिय योजना आयोगले आयोजना सम्पन्न भएको स्विकृत दिए पनि उक्त स्थानमा पाईप लाईन सम्म खोलिएको छैन ।
काम सुरुगरेको दुई वर्ष देखी २८ महिना सम्ममा सम्पन्न गर्नु पर्ने आयोजना लगभग ६ वर्ष सम्म कुनै काम नगरी काम सम्पन्न भएको कागज बनाएर आयोजनाको रकम दुरुपयोग भएको छ । ‘काम नै नगरि फिल्ड इन्जिनियरले काम सकियो भनेर पास गरेको छ, कहा“का जनताले पानीको सिचाई गर्न पाएका छन् ? त्यो देखाउनु पर्छ ।’ एक स्थानीय बासीन्दाले नाम उल्लेख नगर्ने शर्तमा भने । आयोजनाका अध्यक्ष कोइरालाले आफनै कमजोरीले उक्त काम समयमै गर्न नसकेको स्विकार गरेका छन् । यो आयोजना फुत्किए अब शैलुङगेश्वरमा कुनै आयोजनाका लागि बजेट आउन असम्भव रहेको बताउँदै हिडेका छन् ।
यस्तै आयोजनाका कोषाध्क्ष तामाङले भने, आफुलाई थाहै नदिई कस्ले आयोजना सम्पन्न भएको कागज बनाएको बताउदै हिडेका छन् । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेता पनि अख्तियारले कुनैचासो नदेखाएको स्थानीयको आरोप छ ।
उक्त आयोजनाको काममा १० प्रतिशत स्थानीय बासीन्दाको श्रम दान हुनु पर्नेमा स्थानीयलाई श्रमदान नगराएको प्रति स्थानीय आक्रोशित भएका छन् । श्रम दान गरेर तोकिएको रकममा काम सकिने भएकाले श्रम दान नगराएको र गरेको खण्डमा पुन बजेट थपिने भएपछि श्रम दान रोकेको स्थानीयको आरोप छ । स्थानीले काम के कति भयो त्यो सबै स्थानीय वासिन्दामा सार्वाजनीक गर्न र यो आयोजना बेचेर ढाडे सल्लेरी तीन नबनाउन आग्रह गरेका छन् । कोइराला, थपलिया र तामाङले आफ्नो मनोमानीमा आयोजनाको काम नै नभै काम सकियो भनेर आयोजना बेचेको आरोप समेत लगाएका छन । आर्थिक वर्ष २०६४/०६५ सुरुभएको आयोजनाको मुहान शैलुङगेश्वर ४ मा पर्छ । उक्त आयोजनाबाट शैलुङगेश्वर गाविसका वडा नम्बर ३, ५, ६, ७ र पवटी गाविसका ८ र ९ वडाका झण्डै एक हजार भन्दा बढी घरधुरी बासीन्दलाई लाभान्वित हुने बताइएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।