कात्तिक ६ । मुग्लिन सडकखण्डमा आज एक यात्रुबाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने अन्य दुई दर्जन बढी घाइते भएका छन् ।

धरानबाट राजधानी आउँदै गरेको बा २ ख ९८८७ नम्बरको बस मुग्लिनको चण्डीभञ्ज्याङ पुलबाट तल खोलामा खसेको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि भरतपुर अस्पतालका साथै अन्य अस्पतालहरुमा समेत पुर्याइएको प्रहरीले जानकारी दिएको छ ।

बस खोचमा खसेकाले उद्धार गर्न कठिनाई भएको प्रहरीको भनाई छ । दुर्घटनामा स्थलमा अहिले पनि शसस्त्र,नेपाल प्रहरी,नेपाली सेना र स्थानीयले उद्दार कार्य जारी राखेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।