कात्तिक ५ । मंसिर ४ को निर्वाचन गराउन सेना नै परिचालन समेत गरेको अवस्थामा अब जसरी पनि चुनाव हुने भएपछि सबै उम्मेदवारहरु प्रचार प्रसारको काममा व्यस्त छन् ।

पार्टीहरुले आ-आफ्नै मुख पत्र तथा अनलाइन मुखपत्रका साथै सामाजिक सञ्जालबाट पनि चुनावी प्रचारको कामलाई अघि बढाईरहेका छन् ।

यसै अवस्थामा एकीकृत नेकपा माओवादीको मुखपत्र जस्तै मानिएको रातोपाटी डटकममा भने चुनाव विरोधी समाचार सम्प्रेषण गरिएपछि त्यसले निक्कै चर्चा पाएको छ ।

‘चुनाव कुनै हालतमा सम्पन्न हुन दिँदैनौं : गजुरेल’ शिर्षकको उक्त समाचारमा निर्वाचनको एक महिना अगाडि सेना परिचालन गर्नु भनेको जनता माथि तानाशाही लगाउनु भएको चुनावको विरोध गर्दै आएको नेकपा माओवादी उपाध्यक्ष सिपी गजुरेलेको भनाई  छापिएको छ ।

उक्त अनलाइनमा छापिएको समाचार ।

जब की एमाओवादीकै कारण आफूहरुलाई निर्वाचनमा अलगाएको र एमाओवादीकै योजनामा सेना परिचालन गरिएको भनेर नेकपा माओवादीले भनिरहेको अवस्थामा चुनाव र सेना परिचालन विरुद्धको समाचार एमाओवादीको मुखपत्र जस्तो अनलाइनमा छापिएपछि त्यसले विभिन्न शंका  समेत जन्माएको छ ।

केही समयअघि एमाओवादी निर्वाचनमा हार्ने संकेत पाएपछि चुनाव भाड्ने षड्यन्त्रमा भनेर एक दैनिकले खबर छापेको थियो । कतिपयले भने सोही नीतिलाई आत्मसात गर्दै चुनाव विरोधी समाचारलाई हाइलाइट त गरेको होइन भनेर समेत टिप्पणी गरेका छन् ।

कतिले भने चुनावमा भोट हाल्नका लागि फकाउन समाचार सम्प्रेषण गरेको हुन सक्ने अनुमान गरेका छन् ।

सेतोपाटीमा सम्भवत चुनाव विरोधी र सेना परिचालन विरुद्ध ड्यास माओवादीको भनाईको समाचार यो पहिलो पटक प्रकाशित भएको हुनसक्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।