अपडेट, कात्तिक ५ । पर्वतबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको एक जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

पर्वतको लेखफाँट लोप्रेकदेखि म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको ग १ ज ५१२० नम्बरको जीप दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा शालिजाका चालक पृथ्वी पुन, यात्रुहरु शालिजा ६ की सात बर्षिय  आयुष्मा पुन, लेखफाँट ९ का  ५५ बर्षिय शंखवीर फकामी, शालिजा ६ की १८ बर्षिय सीता फकामी, तनहुँ जिल्ला एक्लेफाँट घर भएकी ४० बर्षिय मनमाया खोरजा पुन, गोरखा घर भएका २५ बर्षिय भीमबहादुर थापा, कास्कीको लेखनाथ १२ की २१ ब्र्षिय अनिता भुजेल, तनहुँ जिल्ला दुलेगौंडा २ का ५० बर्षिय पूर्णबहादुर खोरजा पुन रहेका छन् । यसैगरी, उपचारका क्रममा लेखनाथ १२ कै कौशिला भनिने ४५ बर्षिय सीममाया पुनको पनि मृत्यु भएको छ ।

उक्त जीप सडकबाट ३ सय मिटर तल झरेको प्रहरीले जनाएको छ । घटनास्थल मुख्य सडकको मिलनचोक देखि एकघण्टा पैदल उकालोमा पर्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।