काठमाडौं । अम्बा एक मीठो फल हो । पाकेर मात्र नभएर काँचै पनि खान सकिने र मीठो हुने यो फलको बोटको पात पनि उपयोगी हुन्छ भन्ने कुरा चाहिं कमैलाई थाहा छ । अम्बाको पात विभिन्न रोग देखि छालालाई सुन्दर बनाउन सम्म उपयोगी हुन्छ । अम्बाको पातले मोटोपन समेत घटाईदिन्छ ।

अम्बाको पातले मधुमेह रोगलाई भगाउन मद्दत गर्छ । यो पातले शरीरमा अत्यधिक ल्याक्टोज सोस्न र चिनी उत्पादन गर्न कम गरिदिन्छ, जसले गर्दा चिनी रोग भएका बिरामीलाई समेत यो लाभदायक हुन्छ । यी गुणले गर्दा चिनी रोग अर्थात मधुमेह भएका व्यक्ति र मोटोपना घटाउन चाहने व्यक्तिले अम्बाको पातको धुलो खानु राम्रो हुन्छ । यसलाई सुकाएर धुलो बनाएर चुर्णको रुपमा खान सकिन्छ । अम्बाको पातले हाड जोर्नीको दुखाई पनि कम गरिदिन्छ । अम्बाको पातलाई थिचेर दुखेको ठाउँमा लगाउनाले दुखाइ कम हुन्छ । पातलाई थिचेर त्यसलाई तातो बनाएर लगाउनु पर्छ ।

अम्बाको पातलाई थिचेर त्यसको रस निकाल्ने र त्यसमा थोरै पानी मिलाएर पिउनाले स्वप्नदोषबाट छुटकारा मिल्छ । अम्बाको पातको रसले पखाला निको हुनुका साथै पाचन प्रक्रिया राम्रो बनाइदिन्छ । अम्बाको पातले दांत र गिजाको समस्या पनि समाधान गरिदिन्छ। अम्बाको पात थिचेर, त्यसको रस पिउनाले कोलेस्ट्रोल पनि घटेर जान्छ । अम्बाको पातले एलर्जी पनि निको पारिदिन्छ । यसको नियमित सेवनले एलर्जी आउने सम्भावना पनि हराईदिन्छ ।

अम्बाको पात सुन्दरताको लागि पनि त्यत्तिकै उपयोगी छ । अम्बाको पात थिचेर डन्डीफोर भएको ठाउँमा लगाउनाले डन्डीफोर निको हुन्छ । अम्बाको पात चपाउनाले मात्र पनि अनुहारमा चमक आउँछ । अम्बाको पात कपालको लागि पनि राम्रो हुन्छ । यसको रस कपालमा लगाउनाले कपाल सिल्की हुने, छिटो बढ्ने हुन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।