काठमाडौं, असोज २५। नेकपा एमालेले बारा क्षेत्र नम्वर ४ मा महमुद आलमकी श्रीमतीलाई उम्मेद्वार बनाउने भएको छ । शुक्रबार बाराको परवानीपुरमा आलमको अन्त्येष्टी समारोहमा एमाले नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीले यस्तो घोषणा गरेका हुन । आलमकी श्रीमती नज्मा खातुनलाई पार्टीले उम्मेद्वार बनाउने उनीहरुले बताएका हुन्।
एमाले केन्द्रीय सदस्य एवं बारा क्षेत्र नम्बर ४ का उम्मेद्वार आलमको अघिल्लो शुक्रबार अज्ञात समूहले गोली हानेको थियो । उनको उपचारको क्रममा बिहीबार शिक्षण अस्पताल महाराजगंजमा निधन भएको हो ।