Tuesday, August 18, 2026
28.1 C
Kathmandu
Home समाचार जानी राखौं– खाना खाईसकेपछि भुलेर पनि नगर्नुहोस् यी काम

जानी राखौं– खाना खाईसकेपछि भुलेर पनि नगर्नुहोस् यी काम

काठमाडौं । खाना खाइसकेपछि व्यक्ति आरामको मुडमा पुग्छ र आराम अनुभव गर्नको लागि विभिन्न क्रियाकलाप गर्छन् । कति व्यक्तिहरु खाना खासकेपछी तुरुन्तै काममा कुद्ने पनि हुन्छन् । खानाले शरीरमा शक्ति दिन्छ, भोक मेटाएर आनन्द दिन्छ। तर आफ्नो खानाको समयलाई व्यवस्थित गर्नु जरुरी छ । खाना के खाने मात्र होइन, खाना कुन समयमा खाने र खानाको अघिपछि के खाने, के नखाने भन्ने कुराले पनि महत्व राख्छ।

धेरै मानिसको बानी खाना खाइसकेपछि चुरोट पिउने वा खाना खाने समयमा चुरोट पिउने हुन्छ । यो सबैभन्दा नराम्रो बानी हो । खाना खाने समयमा वा खासकेपछी चुरोट पिउँदा शरीरले अत्यधिक मात्रामा निकोटिन लिन्छ । सुरु समयमा दश खिल्ली चुरोट पिउनु र खानाको समयमा एक खिल्ली चुरोट पिउनु बराबर मानिन्छ । खाना खाने समयमा चुरोट पिउनाले रगत बाक्लो बनाइदिन्छ।

साथै त्यसले पाचन प्रक्रियामा पनि असर गर्छ । त्यसैले खाना खाएपछि कम्तीमा पनि तीस मिनेट पछि मात्र चुरोट पिउनुपर्छ । खाना खाएपछि अल्छी लाग्नुका साथै मीठो निन्द्रा पनि आउँछ । दिउँसो होस् या राती, धेरै मानिसको बानी खाना खाइसकेपछि तुरुन्तै सुत्न जाने हुन्छ । हामीले खाएको खाना माथी मुखबाट तल पेटमा जानु पर्ने हुन्छ।त्यसैले खाना खाइसकेपछि सुत्दा या ढल्किंदा, खाना पेटमा पुग्ने गति कम हुन्छ । यसले खाना राम्रोसंग पच्न पाउँदैन । खाना खाएपछि तुरुन्तै सुत्दा या ढल्किदा पेटको एसिड माथी तिर आउँछ । त्यसले एसिडिटी बढ्ने, छातीमा जलन हुने समस्या उत्पन्न हुन्छ। सामन्यतया खाना खाइसकेपछि गुलियो खानेकुरा खाने बानी हुन्छ।

केहीले नियमित रुपमा नै खाना खाइसकेपछि गुलियो खानेकुरा खाने गर्छन्। खाना खाइसकेपछि चिनी मिलाएको गुलियो खानेकुरा खानु स्वास्थ्यको लागि हानीकारक हुन्छ। हामीले खाने खानामा फ्याट तथा ग्लुकोज मात्रा प्रशस्त हुने गर्छ। खाना खाइसकेपछि चिनी खाँदा त्यो अत्यधिक बढ्छ । जसले गर्दा मृगौलाको खराबी हुने, मधुमेह रोग लाग्ने सम्भावना बढ्छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।