हिजाे र अस्ति बढेकाे आज बिहीबार सुनको भाउ घटेकाे छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजाे बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भई ९४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी, चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ। बिहीबार चाँदीको भाउ प्रतितोला एक हजार १७५ रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार चाँदीको भाउ बढेर प्रतितोला एक हजार १९० रुपैयाँ पुगेको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।