काठमाडौं । नेपाली बजारमा हिजो घटेको सुनको भाउ आज पनि घटेको छ । आज शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर कारोबार भइरहेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयााँ र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
हिजो बिहीबार सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको छ। यसदिन चाँदी बिहीबारकै मूल्य प्रतितोला एक हजार १७५ रुपैयाँमा किनबेच भइरहेको छ ।
Comments







