असोज १९ । गोली प्रहारबाट घाइते भएका एमाले बारा क्षेत्र नम्बर ४ का उम्मेदवार महमुद आलमको अवस्था अत्यन्तै गम्भीर भएको चिकित्सकहरुले जनाएका छन् ।
उनलाई हिजो अज्ञात समूहले टाउकोमा गोली हानेपछि राजधानीको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भईरहेको छ ।
आलमको मस्तिष्क र आँखाको नानीले काम गर्न छाडेको आईसीयू ईञ्चार्ज सुबास आचार्यले बताएका छन् ।
उनीमाथि भएको गोली प्रहारको चौतर्फी विरोध भईरहेको छ । निर्वाचन आयोगले उम्मेदवारको सुरक्षा गर्न सरकारलाई निर्देशन दिएको छ भने मुस्लिम संगठन गृहमन्त्रीको राजीनामा समेत माग गरेका छन् ।
Comments