असोज १८ । दसैंका लागि काठमाडौबाट बाट
 चार लाख ३० हजारले टिकट काटेर बाहिर गइसकेको र अझै एकलाख २६ हजार पाँचसय ७२ जना जान सार्वजनिक सवारीको टिकट बुकिङ गराएका छन् ।

हिन्दु नेपालको मुख्य पर्व दसैंका लागि दैनिक हजारौं यात्रुहरु बाहिरिन थालिसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

यातायात व्यवसायीले असोज १ देखि राजधानीका विभिन्न १२ स्थानबाट टिकट बुकिङ गरिरहेका छन् । यसबाहेक असंगठित क्षेत्रबाट भइरहेको बुकिङ र बस रिजर्भ तथा निजी सवारी साधनमार्फत बाहिरिनेको संख्या सोही हाराहारीमा रहेको अनुमान ट्राफिक प्रहरीले गरेको  छ ।

अझै पूर्वतर्फ जान ८१ हजार ४ सय ७२ र पश्चिमतर्फ जान ४५ हजार १ सय १५ टिकट बुकिङ भएको आजको कारोबार र अन्नपुर्णमा  दैनिकमा  खबर छ 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।