काठमाडौं । सरकारले हरेक दिन कोभिड–१९ संक्रमित संख्या सार्वजनिक गर्न नियमित रुपमा गर्दै आएको प्रेस ब्रिफिङ कार्यक्रम रोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने जनाएको हो ।
भोलि बिहीबारदेखि दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो ।
उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने जनाइएको छ ।
Comments







