नेपाली बजारमा सुनको भाउ आज सोमबार स्थिर रहेको छ । आज छापावाला सुन अघिल्लो दिनकै भाउ अर्थात प्रतितोला ९५ हजार रुपयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ। आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर ९५ हजार रूपैयाँ कायम भएको थियो। सोमबार तेजाबी सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

सोमबार चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २०५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासँघले जनाएको छ। अघिल्लो दिन आइतार चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।