गाजर स्वास्थ्यका लागि सबैभन्दा लाभदायक तरकारी मानिन्छ । यसमा सबैभन्दा धेरै भिटामीन ए पाइन्छ भने भिटामीन के, बी ६ र फोलेट पनि पाइन्छ । यसका साथै गाजरमा म्यांगनिज, पोटासियम, आइरन, कपर जस्ता खनिज र कार्बोहाइड्रेट, प्रोटिन लगायतका पोषक तत्वहरु पाइन्छन् ।
गाजर स्वास्थ्य र सुन्दरता दुवैका लागि महत्वपूर्ण मानिन्छ।
गाँजरका केही फाइदा यस्ता छन्।
१. आँखाको ज्योती बढाउँछ ।
२.क्यान्सरको जोखिम कम गर्छ ।
३.बुढौली कम गर्छ ।
४.स्वस्थ र सुुन्दर छाला बनाउन मद्दत गर्छ ।
५. प्रतिरोधात्मक क्षमता बढाउँछ ।
६.मुटु रोगको सम्भावना कम गर्छ ।
७.शरीर सफा राख्छ र संक्रमणहरुबाट जोगाउँछ ।
८.दाँत र गिँजा स्वस्थ राख्छ ।
९. पाचन प्रणाली सही राख्छ ।
१०. उच्च रक्तचाप कम गर्छ ।
Comments