काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेर कारोबार भइरहेको छ । आज सुन तोलामा ९६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजावी सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यस्तै चाँदी तोलामा १२१० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य तोलामा १२०५ रुपैयाँ रहेको थियो ।
Comments





