असोज १६ । नायक भुवन केसीलाई नेकपा एमालेले काठमाडौं १ बाट प्रत्यक्षमा सिफारिस गरेको छ ।
केसीले टिकट नपाएकै कारण राप्रपा नेपाल प्रवेश गर्ने तयारी समेत गरेका थिए । काठमाडौं १ मा अब भुवन केसीसँगै कांग्रेसका महामन्त्री प्रकाशमान सिंह र एमाओवादीका अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहालबीच प्रतिस्पर्धा हुने भएको छ ।
एमालेले टिकट दिएपछि खुसी भएका केसीले आफूले जित्ने दाबी समेत गरेका छन्