काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेर कारोबार भएको छ । बुधबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाजी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य भने बिहीबार पनि बुधबारकै मूल्यमा कारोबार भएको छ । बुधबार र बिहीबार चाँदी तोलामा १२२० रुपैयाँमा कारोबार भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।