काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य थोरै बढेर कारोबार भइरहेको छ । आज शुक्रबार सुनको भाउ प्रोतितोला ५ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघलेख आज छापावाल सुनको भाउ तोलाको ९५ हजार २ सय रुपैयाँ कायम भएको जनाएको छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर अर्थात् प्रतितोला १२ सय २० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ७ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार २ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ भने स्थिर अर्थात् प्रतितोला १२ सय २० रुपैयाँ कायम भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।