काठमाडौं । नेापली बजारमा सुनको भाउ आज शुक्रबार प्रतिताेला ४ सय रुपैयाँले घटेर काराेबार भइरहेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ४ सय रुपैयाँ कायम भएको थियो । यसअघि बुधबार सुनको भाउ तोलामा ९५ हजार १ सयमा कारोबार भएकोमा बिहीबार तोलामा ७ सय रुपैयाँले घटेर कारोबार भएको थियो ।यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ भने प्रतितोला १२ सय १५ रुपैयाँ कायम भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।