काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (बिहीबार) पनि बढेको छ । बुधबार सुनको मूल्य ९१ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ ९२ हजार १५० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १२ सय ५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।