सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ । आज सोमबार सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । साताको पहिलो दिन आइतबार सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि सोमबार तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २०५ रुपैयाँमा किनबेच हुँदैछ । आइतबार चाँदीको भाउ स्थिर रहेर प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला