असोज १४ । सुडानमा नेपाली हेलिकप्टर ठूलो दुर्घटनाबाट बचेको छ । सुडानको डार्फरमा श्री एयरलाइन्सको एमआई–१७ हेलिकोप्टर आइतबार आपतकालीन अवतरण गराइएको छ ।

१९ यात्रु बोकेको सो हेलिकोप्टरमा चालक दलका तीन जना र सुडानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनमा कार्यरत एक नेपाली सवार थिए।

हेलिकप्टर आकस्मिक अवतरण गराउँदा मानविय क्षति केही पनि भएको छैन ।

लक क्याप्टेन प्रतिज्ञ राणाले हेलिकप्टरमा गडबढि देखेपछि सकुसल अवतरण गराउँदा मानवीय क्षति हुनबाट बचेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।