काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ३ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ सय निर्धारण भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।