असोज १३ । पाकिस्तानको पेशावर उत्तर पश्चिमी शहरमा बम विस्फोट हुदाँ ३१ जना भन्दा बढिको ज्यान गएको छ भने ५० भन्दा बढि घाइते भएको बिबिसीले जनाएको छ ।
पेशावरको व्यस्त क्षेत्र ख्वानी बाजारमा तालिबान र अल कायदाका समुहले  बिष्पोट गराएको हुन सक्ने बताइएको छ ।
घाईतेहरुको  लेडी रिडिङ अस्पतालमा  उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पेशावरमा एक हफ़्ता अगाडी पनि एक चर्चमा आत्मघाती बिष्पोटनमा ८० जनाको ज्यान गएको थियो । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।