असोज १३ । स्वास्थ्य मुटुका लागि स्वास्थ्य जीवनशैली अपनाउ’ भन्ने नाराका साथ विश्वभर मुटु दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व मुटु दिवस मनाइदैछ ।
बिश्वमा दिन प्रतिदिन मुटुरोगबाट मुत्यु हुनेको संख्या उच्च रहेकोले यस रोगबाट बच्न दैनिक जीवनशौलीमा ख्याल गर्न विश्व स्वास्थ्य संगठनले सवैलाई आह्वान गरेको छ ।
मृटु रोगबाट वर्सेनि ज्यान गुमाउनेको संख्या बढ्दै जान थालेपछि यस बर्षको दिवसलाई बढी चेतनामुलक बनाउने अभियानमा स्वास्थ्य कर्मी तथा मुटु रोगका क्षेत्रमा काम गर्दै आएका संस्थाहरुले जनाएका छन् ।
विश्वमा प्रत्येक बर्ष १ करोड ७३ लाख मानिस मुटु रोगका कारण मृत्यु हुने गरेको तथ्याङकले देखाएको छ । नेपालमा भने मुटुरोगका कारण मृत्यु हुनेहरुको संख्यावारे यकिन तथ्याङक छैन । अस्वस्थ जीवनशैली, धुमपान, माधपान जस्ता कारणले विश्व व्यापी रुपमा नै यो रोगका कारण मृत्य हुनेहरुको संख्या बढ्दै गएको छ ।
Comments