काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ घटेर कारोबार भइरहेको छ । आज सुन तोलामा ८०० रुपैयाँले घटेर कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
सोमबार छापावाल सुन तोलामा ९४ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रति तोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । यस दिन चाँदी प्रति तोलामा १५ रुपैयाँले घटेर १ हजार ३०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन सोमबार चाँदी प्रति तोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।
Comments




