लगातार तेस्रो दिन बढेको सुनको मूल्य आज घट्यो (आजको मूल्यसहित)



काठमाडौं । लगातार तेस्रो दिनसम्म बढेको सुनचाँदीको मूल्य आज भने घटेको छ । आज सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रति तोला ९५ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रति तोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेर प्रति तोला ९६ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदी पनि प्रति तोलामा १० रुपैयाँले घटेर कारोबार भैरहेको छ । चाँदी तोलाको भाउ प्रति तोला १३३० रुपैयाँ रहेको छ । यसअघि बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेर १३४० रुपैयाँमा कारोबार भएको थियो ।