काठमाडौं ११ माघ । नेपाली बजारमा साताको पहिलो कारोबारको दिन आज आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । स्थानीय बजारमा आइतवार सुनको भाउ ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आइतवार चाँदीको भाउ भने स्थिर रहेको छ । शुक्रवार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आइतवार पनि सेही मूल्यमा खरीदविक्री भइरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।