असोज ९ । रिलायबल फाइनान्स लिमिटेडले आफ्नो सातौँ शाखा कलंकीमा विस्तार गरेको छ ।

सुन्धारा बागदरबारमा प्रधान कार्यालय रहेको कम्पनीले २०६३ साल आश्विन ८ गतेबाट वित्तीय कारोबार शुरु गरेको थियो । कम्पनीले चितवन, लमजुङ, गोंगवु, रामेछाप, विदुर र विराटनगरमा आफ्नो शाखा स्थापना गर्न सफल भईसकेको छ ।

मंगलबार भने नेपाल वित्त कम्पनी संघका अध्यक्ष राजेन्द्रमान शाक्य तथा कम्पनीका अध्यक्ष राधेश्याम अग्रवालले शाखाको कलंकीस्थित सातौँ शाखको उदघाटन गरेका थिए ।

चुक्ता पूँजी २४ करोड १९ लाख २९ हजार २ सय रुपैयाँ रहेको फाइनान्सले २०७० आषाढ मसान्तमा कुल निक्षेप २ अर्ब २९ करोड संकलन गरेको छ भने कर्जा लगानी १ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । गत आर्थिक बर्षमा रिलायवलले ४ करोड ७८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।