काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाल र तेजाबी सुन सोही भाउमा खरीद विक्री भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको भाउ भने बढेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार २४५, बुधबार १ हजार २५० रुपैयाँ, मंगलबार १ हजार २५५ रुपैयाँमा खरीदविक्री भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।