ह्वात्तै घट्यो सुनको मूल्य (आजको मूल्यसहित)

आज मंगलबार सुनको भाउ एकैदिन १ हजार ७०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाे तथ्याङ्क अुनुसार मंगलबार सुनको मूल्य एकैदिन तोलामा १ हजार ७०० रुपैयाँले घटेर प्रतितोला ८७ हजार रुपैयाँ कायम भएको छ। यस्तै तेजाबी सुन पनि प्रतितोला ८६ हजार ५५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

साताको पहिलो दिन सुनको मूल्य ओरालो लागेपनि सोमबार भने तोलामा ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ८८ हजार ७०० र तेजाबी सुन ८८ हजार २५० रुपैयाँमा खरिद बिक्री भएको थियो। यस्तै मंगलबार चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर १ हजार २९० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन चाँदीको भाउ वृद्धि भएर प्रतितोला एक हजार ३३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला