हिजो बढेको सुनको मूल्य आज फेरि घट्यो (मूल्यसहित)

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य फेरि घटेको छ। आज बिहीबार सुन तोलामा एक हजार रुपैयाँले घटेको हो । यस दिन छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार भने सुनको मूल्यमा बढोत्तरी भएको थियो। सो दिन सुन प्रतितोला ५०० रुपैयाँले वृद्धि भएर ८७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

यस्तै तेजाबी सुन प्रतितोला आज ८६ हजार ५० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको भाउ पनि ओरालो लागेको छ। यस दिन चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार २८५ रुपैयाँमा खरिदबिक्री हुँदैछ। अघिल्लो कारोबार दिन चाँदी २५ रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ३१५ रुपैयाँ तोकिएको थियो।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला