शुक्रबार घटेको सुन आज फेरि बढ्यो (मूल्यसहित)

साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ५०० रुपैयाँले बढेर काराेबार भइरहेकाे छ ।यस दिन छापावाला सुन प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदीको व्यवसायी महासंघको तथ्यांकमा उल्लेख छ । आज तेजाबी सुन प्रतितोला ८६ हजार ७५० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन सुन तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला ८६ हजार ७०० रुपैयाँ तोकिएको थियो । यसैगरी चाँदीको भाउ पनि आइतबार वृद्धि भएको छ । यस दिन चाँदी पाँच रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार २८० रुपैयाँमा किनबेच हुँदैछ । शुक्रबार भने चाँदी तोलामा १५ रुपैयाँले प्रतितोला एक हजार २७५ रुपैयाँमा तोकिएको थियो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला