काठमाडौं । हिजो पाँच सयले बढेको सुनको भाउ सोमबार प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ८७ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८६ हजार ५५० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको ८७ हजार २ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, आइतबार चाँदीको भाउ प्रतितोला १२ सय ८० रुपैयाँ थियो ।
Comments