मंगलबार सुनकाे मुल्य घट्याे

मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबार दिन पनि सुनको भाउ तोलामा २०० रुपैयाँले ओरालो लागेर प्रतितोला ८७ हजार रुपैयाँ तोकिएको थियो ।

मंगलबार सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले घट्दा प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच हुँदैछ । सोमबार पनि चाँदीको मूल्य २० रुपैयाँले गिरावट भएर प्रतितोला एक हजार २६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला