बुधबार सुनकाे मुल्य स्थिर

काठमाडौं । आज (बुधवार) सुनको भाउ स्थिर रहेको छ । स्थानीय बजारमा बुधवार सुनको भाउ अघिल्लो दिन अर्थात मंगलवारको भाउमा नै खरीदविक्री भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँमा कारोबार भएको छ । मंगलवार तेजाबी सुन सोही भाउमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । मंगलवार प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार १ हजार २४० रुपैयाँमा खरीदविक्री भइरहेको छ । मंगलवाको तुलनामा बुधवार चाँदी १० रुपैयाँले घटेको हो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला