काठमाडौं । साताको अन्तिम दिन (शुक्रवार) नेपाली बजारमा सुनको भाउ घटेको छ । शुक्रवार स्थानीय बजारमा छापावाल सुनको भाउ प्रति तोलामा ६०० रुपैयाँले घटेकोे हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला ८६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बिहीवार छापावाला सुनको भाउ प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको छ ।

शुक्रवार चाँदीको मूल्यमा भने स्थिर रहेको छ । बिहीवार प्रतितोला १ हजार २३० मा कारोबार भएको चाँदी शुक्रवार पनि सोही भाउमा खरीदविक्री भइरहेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।