नेपाली
बाङमय परिषदले राजधानीमा एक कार्यक्रम गरी हालै सार्वजनिक गरिएको उक्त
एल्बम बरिष्ठ कवि दिनेश अधिकारीद्वारा सार्वजनिक गरिएको हो ।
एल्बममा
उद्घोषण, जिवन यात्रा मोडे पनि, एकबारको यो जुनीमा, आउछौ भनि पर्खिरहेँ,
पवित्र थियो मेरो माया, सिरसिरे बताससँगै, बादल बनि छाइदेउ र फुलिदिनु
तिमीमा गायककारहरू स्वरुपराज आचार्य उदय/मनिला सोताङ, सुरेशकुमार, राजेश
पायल राई, भीषण मुकारुङ, मनोज साङसोन, बिक्रम राई र अञ्जु पन्तले स्वर
दिएका छन भने गीतमा मनोज साङसोनको एकल संगीत रहेको छ ।
जीवनयात्राको
दुइवटा गीतमा गीतकार दुङमेन स्वयमले अभिनय गरेका छन भने भिडीयोमा रहेका
गीतहरूमध्ये राजेशपायल राईको आवाज रहेको “सिरसिरे बताससँगै’ बोलको गीतको
छायाङ्कन अमेरिकाको वाशिंङटन डि.सि.मा गरिएको छ । उक्त भिडीयोमा
अमेरिकामै रहेका कलाकारहरू उज्वल खड्का र सुजु गुरुङको उत्कृष्ट अभिनयले
गीत हेर्ने जो कोहिलाई पनि अमेरिका पुगेको महसुस गराएका छन ।
निर्देशक बिन्तीकुमार गुरुङले निर्देशन गरेको उक्त
भिडियो रिचुअल रिदम प्रा.लि.ले बजारमा ल्याएको छ भने एल्बमको निर्माता हर्क
रिखाम रहेका छन ।
निर्देशक बिन्तीकुमार गुरुङले निर्देशन गरेको उक्त भिडियो रिचुअल रिदम
प्रा.लि.ले बजारमा ल्याएको छ भने एल्बमको निर्माता हर्क रिखाम रहेका छन ।
यसैगरी विक्रि भएको प्रत्येक एल्बमबाट २ प्रतिशत रकम उदयपुरको बेलटार
बजारमा रहेको श्री दर्शन बाल आश्रमलाई सहयोग गरिने पनि अमेरिकामा रहेका
कलाकार उज्वल खड्काले ऐक्यबद्धतालाई जानकारी दिएका छन ।
यसैगरी विक्रि भएको प्रत्येक एल्बमबाट २ प्रतिशत रकम उदयपुरको बेलटार बजारमा रहेको श्री दर्शन बाल आश्रमलाई सहयोग गरिने पनि अमेरिकामा रहेका कलाकार उज्वल खड्काले ऐक्यबद्धतालाई जानकारी दिएका छन ।








