आइतबार सुन र चाँदी दुबैको भाउ स्थिर रहेको छ । आइतबार छापावाला सुन प्रतितोला ८७ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला ८६ हजार ९५० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार पनि सुन यहि भाउमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको भाउमा पनि आइतबार कुनै परिवर्तन भएको छैन । आइतबार चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।