उदय बहादुर चलाउने

असोज ३ । नेपाली भूमिमा हतियारसहित भारतीय प्रहरी प्रवेश गरी छापा मारेको विरोधमा विभिन्न ४ वटा संगठनले विरोध पत्र बुझाएका छन् ।


राष्ट्रिय युवा जनस्वयंसेवकका अध्यक्ष उदय बहादुर चलाउने, क्रान्तिकारी युवा विङ्सका संयोजक माधव थापा, युवा जनसुरक्षा बलका प्रतिनिधि सुजन र नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) राष्ट्रिय अधिवेशन आयोजक समिति सदस्य जित बहादुर लामाले विरोध पत्र बुझाउँदै भारत सरकारलाई आफ्नो धारणा सार्वजनिक गर्न माग गरेका छन् भने यस्ता घटनाहरु दोहोरिन नदिन र नेपालको सार्वभौमसत्ताको सम्मान गर्न भारत सरकारलाई सचेत गराएका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।