असोज ३ । बिदाको दिनमा प्रशासनले जेलमा रहेका कैदी र बन्दीहरुलाई आफन्तसँग भेट्न दिँदैन । तर, डिल्लीबजारस्थित कारागारमा रहेका काँग्रेस नेता खुमबहादुर खड्कालाई भने यो नियम लागू हुँदैन । बुधबार सार्वजनिक बिदाको दिन डिल्लीबजार कारागारमा बिहानैदेखि उनलाई भेट्नेको लाइन लागेको थियो ।

साँझसम्म उनलाई दुई सयभन्दा धेरै नेता–कार्यकर्ता तथा प्रहरी अधिकारीले भेटे । भेट्न पुगेका सयभन्दा बढी कार्यकर्तालाई उनले समय नभएको भन्दै गेटबाटै फर्काइ दिएका छन् ।

पार्टीमा टिकटको दौडधुप चलेकाले पनि भ्रष्टाचार मुद्दामा जेल परेका नेता खड्कालाई भेट्नेको जेलमा भीड लागेको हो । काँग्रेस नेताहरु शंकर भण्डारी तथा चित्रलेखा यादवसमेत नेता खड्कालाई भेट्न बुधबार डिल्लीबजार जेल पुगेका थिए । यस्तै पूर्वप्रहरी माहानिरिक्षक रमेश चन्द ठकुरी तथा वहालवाला डिआइजी विश्वराजसिंह साहीसमेत उनलाई भेट्न जेल पुगेको नयाँ पत्रिकामा खबर छ ।

 जेलमा रहेका खड्कालाई जेलको कुनै नियम कानुन  नियम लाग्दैन । यस्तै खड्काले आफू जेल परेपनि जेल भित्रबाटै पावर एक्सरसाइज गरिरहेका छन् । तर, प्रहरी भने जेलमा सबैलाई समान व्यवहार हुने दाबी गर्छ । जेलमा खड्काले विशेष सुविधा पाएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।