काठमाडौं १८ मंसिर

नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौ क्षेत्र नं. ४ मा काँग्रेसका तर्फबाट प्रतिनिधि सभाका उम्मेदबार गगनकुमार थापालाई लक्षित गरेर बम प्रहार गरिएको छ । बम लागेर उनीसहित सात जना घाइते भएका छन् ।
पत्रकार जिवन भण्डारीका अनुसार आज बिहान चपलीमा घरदैलो गरिरहेका बेला बम आक्रमण भएको थियो । अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ ।

उनले थापासहित केही अन्य चुनावी कार्यक्रममा सहभागी समेत घाइते भएको बताएका छन् । एक कार्यकर्ताका अनुसार बम लागेर सामान्य रुपमा सात जना घाइते भएका हुन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।