कर्णाली करिडोरअन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा आएको सुक्खा पहिरो पन्छाएपछि अवरुद्ध रहेको कर्णाली करिडोर खुलेको छ । निकै ठूलो सुक्खा पहिरो आएका कारणले कर्णाली करिडोरको राजमार्ग अवरुद्ध भएको थियो ।

कर्णाली करिडोरमा आएको सुक्खा पहिरो आज बिहान पन्छाएपछि करिडोर खुलेको र यातायातका साधन चल्न थालेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । “कर्णाली राजमार्ग अवरुद्ध भएको करीब १२ दिनपछि खुला भएको छ”, उनले भने, “वर्षातका कारणले धेरै ठाउँमा पहिरो गएको थियो । कर्णाली राजमार्गको भौरेकुना सुक्खा पहिरो सेना, प्रहरी र स्थानीयवासीको पहलमा खुला गरिएको छ ।”

लगातारको वर्षाका कारणले कर्णाली करिडोर १२ दिनदेखि नै अवरुद्ध रहेको थियो । कर्णाली करिडोर कालीकोटको खुलालु–हुम्ला सडकमा वर्षातका कारणले पहिरो जाँदा अवरुद्ध भएको थियो । कर्णाली करिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाट, सान्नी त्रिवेणी गाउँपालिकाको भौरेकुना, रेगिंल, कोट, आमतडा, पचालझरना गाउँपालिकाको भुराबगर–जारकोट र बाजुरा जिल्लाको करिडोरको सडकखण्डमा पहिरो गएको थियो ती सबै ठाउँका पहिरो पन्छाएको नेपाली सेना कर्णाली करिडोर निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।