सुन र चाँदीको भाउ दैनिक रुपमा बढ्न थालेको छ गत दुई दिन लगातार बढेको सुनको भाउ आइतबार पनि तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ३०० र तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै, शुक्रबार चाँदीको भाउ पनि बढेको छ । यस दिन चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३२५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।