सोमबार सुन भाउ स्थिर, हिजाे कति थियाे त ?

सोमबार सुन र चाँदीकाे भाउमा स्थिर रहेको छ । आइतबार सामान्य बढेको सुन र चाँदीको भाउ सोमबार भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुत्रबार चाँदी पनि अघिल्लो दिनकै भाउ अर्थात प्रतितोला १ हजार ३२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।