शुक्रबार पनि सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउमा भने गिरावट देखिएको छ। यस दिन सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ४०० र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै शुक्रबार चाँदीको भाउ भने केहि घटेको छ। शुक्रबारको लागि महासँघले चँदीको भाउ प्रतितोला १ हजार ३०५ रुपैयाँ तोकेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा खरिद बिक्री भएको थियो।
Comments