काठमाडौं । आज मंगलबार सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ थप घटेको छ। यस दिन सुनको भाउ तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार २०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ८०० र तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
यस्तै मंगलबार चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा खरिद बिक्री भएको थियो।
Comments







