सनिउल्लाह धोबी /कपिलबस्तु
भदौ  २९  । औषधि गर्न  भन्दै झुककाएर भारतमा बेच्च लैजाने  गर्दा  कपिलबस्तुको कृष्णनगर नाकाबाट एक  युवकलाई प्रहरीले  प्रक्राउ गरेको छ ।
 प्यूठानका गोठिबाङ ७ घर भएका उमेश सुनारले सोही ठाँउ बस्ने मदन वि.क.की श्रीमतीलाई फकाई फुलाई भारततर्फ लैजान  लागेको  क्रममा कृष्णनगर नाकाबाट प्रहरीले प्रक्राउ  गरेको हो । 
अर्काकी श्रीमतीलाई आफ्नो श्रीमती भनी गाविसबाट  किर्ते सिफारिस गरी भारततर्फ लैजाने क्रममा  कृष्णनगर नाकाको  शान्ति पुनस्थापनागृहको अनुसन्धानका टोलीले  उनीहरुलाई प्रक्राउ  गरिएको हो । टोलीले सोधपुछका क्रममा लोग्नेको नाम फरक बताएपछि  उनीहरु समातिएका थिए।
 उसको श्रीमान  उमेश पौडेलले भारतको दिल्लीमा काम गर्दै आएको र श्रीमती विरामी परी उपचारका लागि भारततर्फ लैजान लागेको  भन्ने किर्ते कागज बनाएर  भारत लैजाने  क्रममा  उनीहरु प्रक्राउ  परेका हुन ।
पक्राउ परेका युवतीलाई कृष्णनगर पीआरसीको सम्पर्कमा राखेको र युवक उमेश सुनारलाई इलाका प्रहरी कार्यालय कृष्णनगरमा राखि थप  अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।