भदौ २५ । भाद्र शुक्ल पञ्चमीका दिन आज हिन्दू महिलाले सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी मनाएका छन् ।

ऋषि पञ्चमीसँगै महिलाको महान् चाड तीज यो वर्ष सकिएको छ ।

सप्तऋषिको दिन आज महिलाहरुले पवित्र जलाशयमा गरी एक वर्षको सांकेतिक अर्थ दिने ३ सय ६५ वटा दतिवनले दाँत बाझी, शुद्ध माटो र तिलले नुहाउने गर्दछन् । यसो गर्दा सौभाग्य प्राप्त हुने विश्वास रहिआएको छ ।

तस्वीरः प्रदिपराज वन्त

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।