भदौ २५ । एक तथ्यांक अनुसार नेपालीले वार्षिक १८ अर्बको औषधी खाने गरेको पाइएको छ ।
नेपाल औषधी उत्पादक संघको तथ्याङक अनुसार नेपालमा १८ अर्बको औषधी खपत हुने गरेको हो ।
त्यसरी खपत हुने औषधि आधाभन्दा बढी बिदेशबाट आउने गरेको पनि पाइएको छ ।
साढे आठ अर्बबरावरको अर्थात ४७।२२ प्रतिशत औषधि मात्र स्वदेशी कम्पनीका हुने गरेको र बाँकी झन्डै ४७ दशमलव ७८ प्रतिशत औषधि भारतबाट र पाँच प्रतिशत औषधि तेस्रोमुलुक बंगलादेश, पाकिस्तान,फ्रान्स,इटाली, वेल्जीयम, जर्मनी बेलायतलगायतका देशबाट आउने गरेको छ ।
त्यसमा एलेपेथीक औषधि झन्डै साढे अर्ब, भेटनरी औषधि ५० करोड र आयुर्वेदिक औषधि ५० करोड रुपैयाँको वार्षिक कारोवार हुने गरेको खबर आजको नयाँ पत्रिकाले छापेको छ ।
Comments